नेपाल कम्युनिष्ट पार्टी

C o m m u n i s t    P a r t y    O f    N e p a l

हाम्रो बारे,
ने.क.पा

              नेपाल कम्युनिष्ट पार्टी को नाममा पहिलो पर्चा २००६ बैशाख १२ प्रकाशन गरेर नेपाल कम्युनिष्ट पार्टीको गर्भाधान भयो । बैशाख १८ गते पार्टीको संस्थापक महामन्त्री कमरेड पुष्पलाललाई चयन गर्दै, कमरेड निरञ्जन गोविन्द वैद्य, कमरेड नारायण विलास जोशी, कमरेड नरबहादुर कर्माचार्य र दुर्गादेवी श्रेष्ठ संस्थापक सदस्य भए । भाद्र ३० मा पार्टीको केन्द्रीय संगठन समिति, विधान र घोषणापत्र जारी गर्दै विधिवत २००६ भाद्र ३० गतेलाई नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको घोषणा गरियो । किसान, मजदुर, महिला, विद्यार्थीको हितको सुनिश्चितताका संगठित हुनका लागि पहिलो पर्चामा नै आह्वान गरिएको थियो ।

किसानको बारेमा : जमिनको पूर्ण स्वामित्व किसानको हुनु पर्छ । कृषि फसलको सहि मुल्य किसानले पाउनु पर्छ । किसानको गुणेत्तर विकास हुनु पर्छ ।

मजदुरको बारेमा : जिउन योग्य मजदुरी पाउनु पर्छ । उनीहरुका सन्ततीले निशुल्क पढ्न पाउनु पर्छ ।

महिलाका बारे : महिलामाथि थोपरिएको दोहोरो दाशत्वको अन्त्यका लागि अगाडि बढ्नु पर्छ ।

विद्यार्थीका बारेमा : विद्यार्थीहरु वैजानिक शिक्षा निशुल्क पढ्नका लागि अगाडि बढ्नु पर्छ ।

साम्राज्यवादी, विस्तारवादी प्रभुत्ववाद, सामन्तवादी लगाएतका सवै प्रकारका शोषण उत्पीडनको अन्त्य गर्ने नेपालीको एकमात्र बाटो नयाँ जनवादी क्रान्तिको बाटो भनिएको छ । आजसम्म आइपुग्दा नयाँ जनवादी क्रान्तिको बाटोमा कहिले सुधारवादी दक्षिणपन्थी संसोधनवाद त कहिले उग्रबामपन्थी दुश्साहसवाद त कहिले मध्यपन्थी अर्कमण्यवादी आरोह अवरोह पार गर्दै संसदवादी गणतन्त्रमा पुग्यौं ।

अव हामी नयाँ जनवादी गणतन्त्र नेपाल स्थापनाको चरणमा आइपुगेका छौं । समाजमा रहेका राष्ट्रिय स्वाधीनताका, जनतन्त्रका र जनजीवीकाका समस्याहरु बर्तमान राज्य प्रणालीबाट समाधान हुँदैन । स्थापना काल देखिका मुद्दाहरु समाधान भएका छैनन । बरु यसलाई थप पेचिलो बनाउने काम भएको छ । यो कार्यमा कम्युनिष्ट नामधारीहरु नै उग्र र दक्षिणपन्थी कोणबाट लागिरहेका छन् । यस्तो अवस्थामा २०६९ मा नेपाल कम्युनिष्ट पार्टी पुन: पुनर्गठित भई नेपाली समाजको मुक्ति आन्दोलनलाई अगाडि बढाइ रहेको छ ।

पार्टीको निर्देशक सिद्धान्त माक्र्सवाद लेनिनवाद र माओ विचारधारा हो । न्यूनतम कार्यक्रम नयाँ जनवाद हो भने अधिकतम कार्यक्रम समाजवाद साम्यवाद हो । यसको संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयतामा आधारित संगठनात्मक प्रणाली हो । आत्मालोचना आलोचना यसको यसको जीवन पद्धति हो ।

दर्शन : जीवन र जगतलाई हेर्ने बुझ्ने र बदल्ने दार्शनिक चिन्तन पद्धति वा विश्वदृष्टिकाण द्वन्द्वात्मक भौतिकवादी यो आन्दोलनको आखाँ हो ।

उद्देश्य : मानव समाजमा मान्छेद्वारा मान्छेमाथि गरिने सवै किसिमका विभेद र शोषणको अन्त्य गर्ने । सामाजिक न्याय, स्वतन्त्रता, मानवता, भातृत्व र सदाचारयुक्त वैज्ञानिक जीवन संस्कृतिमा आधारित समतामुलक समाजको निर्माण गर्ने ।

तत्कालिक कार्यनीति : जनसंघर्ष – जनविद्रोह – जनयुद्ध मार्फत नयाँ जनवादी क्रान्ति सम्पन्न गरी जनवादी गणतन्त्र नेपालको स्थापना ।

दीर्घकालिन कार्यनीति :सामन्तवाद तथा पुँजीवादका सम्पूर्ण अवशेषहरुको अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापना गर्दै साम्यवादको दिशामा अगाडि बढ्ने ।

नेपाली समाजको चरित्र : नेपालको बर्तमान चरित्र सामन्ती दलाल नोकरशाही पुँजीवादी हो ।

अन्तरविरोध : सामन्ती दलाल नोकरशाही पुँजीवादी राज्यव्यवस्थासंग नेपाली जनताको प्रधान अन्तरविरोध रहेको छ भने भारतीय सत्ताको विस्तारवादी प्रभुत्ववाद र सवैखाले साम्राज्यवादी प्रबृत्तिसंग नेपालको प्रधान अन्तरविरोध रहेको छ । यसको समाधान नेपालमा गर्ने जनवादी क्रान्तिले मात्र गर्न सक्दछ ।

“संसारका मजदूर एकजुट होऔैं !”

 

नयाँ जनवादी कार्यक्रम

नेपाली क्रान्तिको मूलबाटोे


(नेपाल कम्युनिष्ट पार्टीको २०७१ चैत्र १—३ सम्म धरानमा सम्पन्न एकताको पहिलो राष्ट्रिय सम्मेलनद्वारा पारित)

pushpalal-shrestha

भूमिका

नेपाली क्रान्तिको मूलबाटोे नयाँ जनवाद’ नेपाली समाजवाट वर्गीय शोषण र सामाजिक उत्पीडनको अन्त्य गरी बैज्ञानिक समाजवादमा पुग्ने पृष्ठभूमि निर्माण गर्ने सामन्तवाद तथा साम्राज्यवाद विरोधी निर्णायक चरणको अनिवार्य क्रान्ति हो । देशबाट सामन्तवादी र साम्राज्यवादी शोषण र उत्पीडन गर्ने सबै किसिमका आधार र संरचनालाई यो क्रान्तिले समूल नष्ट गर्दछ । पूँजीपति वर्गको नेतृत्वमा हुने र पुरानो खालको पूँजीवादको विकास गर्ने नभै यो क्रान्ति मजदुर वर्गको नेतृत्वमा किसान मजदुर एकताको आधारमा सम्पूर्ण शोषित पीडित जन समुदायका व्यापक तह र तप्काको सचेत, संगठित, सक्रिय र संघर्षशील एकता र सहभागितामा सम्पन्न हुने क्रान्ति हो । यो क्रान्तिले राष्ट्रिय सार्वभौमिकता र अखण्डताको दृढतापूर्वक रक्षा गर्दै राष्ट्रिय स्वाधीनतालाई सुदृढ तुल्याउँदछ । सम्पूर्ण जनतालाई ब्यापक जनतान्त्रिक अधिकार र नागरिक स्वतन्त्रताले सुसज्जित पार्दछ । स्वाधीन राष्ट्रिय अर्थतन्त्र निर्माण गर्दै राष्ट्रिय क्षमताको विकास गरी सम्मानपूर्ण अन्तरनिर्भरताको जग बसाल्छ । जातपात, छुवाछुत, लैंगिक असमानता, उचनिचको भेदभाव जस्ता सन्दर्भहीन पुरातन सामाजिक मान्यतालाई अन्त्य गरी समानताको नयाँ आधार तयार पार्दछ । रुढीबाद, अन्धविश्वास, कुरीति जस्ता अन्ध मान्तयताहरु तथा कुसंस्कार, कुसँस्कृति र कुवेशनको अन्त्य गरी बैज्ञानिक, सभ्य र सुसँस्कृत मान्यताहरुलाई प्रश्रय र प्रोत्साहन दिदै बैज्ञानिक समाजवादको निम्ति सबै किसिमले ठोस बस्तुगत आधारभूमि निर्माण गर्दछ ।


नेपाली कम्युनिष्ट आन्दोलनका सुत्रधार तथा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालले माक्र्सवाद लेनिनवाद र माओ विचारधाराका आधारमा नेपाली समाजको आमूल र अग्रगामी परिवर्तनका लागि अघि सार्नु भएको नयाँ जनवादी क्रान्तिको आधारभूत कार्यक्रमलाई आजको मात्रात्मकरुपमा बदलिएको परिस्थितिमा समय सापेक्ष सम्बृद्ध गर्नु आवश्यक भएको छ । नेपाली समाजको वर्तमान चरणमा अवलम्वन गर्ने नेपाली क्रान्तिको कार्यक्रम र त्यसलाई प्राप्त गर्ने कार्यदिशाले दूरगामी र ठूलो महत्व राख्दछ । किनभने वर्तमान समयसम्म आइपुग्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिमा निकै ठूलो परिवर्तन आईसकेको छ । नेपाली क्रान्तिको कार्यक्रम ‘नयाँ जनवादी कार्यक्रम’ माथि गम्भीर आँच पुर्याउने र नेपाली क्रान्तिलाई पुनः अल्मल्याउने किसिमले आएका सैद्धान्तिक विचलन र हमलालाई चिर्नुपर्ने आजको मूलभूत राष्ट्रिय आवश्यकता बन्न गएको छ । नेपाली समाजको आमूल र अग्रगामी रुपान्तरणका लागि वर्तमान चरणमा नेपाली क्रान्तिको मूलबाटो ‘नयाँ जनवादी कार्यक्रम’ र यसलाई प्राप्त गर्ने कार्य दिशालाई थप प्रष्ट र संबृद्ध गरी प्रस्तुत गरिएको छ ।

नेपाली कम्युनिष्ट आन्दोलनमा कार्यक्रमिक विकास एवं भड्काउहरु

नेपाल कम्युनिष्ट पार्टी विधिवत स्थापना गर्ने तयारीसँगसँगै नेपाली क्रान्तिको मूलबाटो र यसको चरित्रको बारेमा क. पुष्पलालले विचार निर्माण गर्न थाल्नु भएको देखिन्छ । त्यसक्रममा नेपालमा कम्युनिष्ट आन्दोलनको आवश्यकता र त्यसको लागि कम्युनिष्ट पार्टीको गठन गर्नु पर्ने औचित्य दर्शाउँदै २००६ साल बैशाख १० गते क. पुष्पलालकै पहलकदमी र अग्रसरतामा गठित पाँच सदस्यीय कम्युनिष्ट पार्टी संस्थापन समितिको तर्फबाट उहाँकै हस्ताक्षरमा लिथो गरी प्रकाशित पर्चामासमेत कार्यक्रमको सामान्य रुपमा उल्लेख गर्दै ‘नयाँ जनवाद’ को पर्यायवाची शब्द ‘नव प्रजातन्त्र’ र अँग्रेजीमा ल्भध म्झयअचबअथ को रुपमा उल्लेख गरिएको छ । घोषणापत्रले ‘लोक जनवाद’ भन्ने शब्दावली चयन गरेको छ । यसबाट पार्टीे स्थापनाको बेलादेखिनै नेपाली समाजको आमूल अग्रगामी परिवर्तनको लागि कस्तो कार्यक्रमको आवश्यकता रहेको छ भन्ने कुरा प्रष्ट छ । त्यसलाई सिंगो कम्युनिष्ट पार्टीका उच्च निकाय पार्टीको प्रथम सम्मेलनले छलफल गरी अनुमोदन गरेको थियो–नेपाली क्रान्तिको कार्यक्रम ‘नयाँ जनवादी कार्यक्रम’ हो भनेर । तर कम्युनिष्ट आन्दोलन अघि बढ्दै जाँदा कार्यक्रममा परिवर्तन किन भन्ने विचलनकारी कुरा नेतृत्व पंक्तिबाटै उठाउन थालियो र २०१९ सालको तेश्रो महाधिवेशनमा पुग्दा कार्यक्रमका बारेमा विवाद शुरु भयो । ‘नयाँ जनवाद’ कि ‘राष्ट्रिय प्रजातन्त्र’ भन्ने दुई कार्यक्रमको कुरा उठ्दा क. पुष्पलालले ‘नयाँ जनवाद’को पक्षमा दृढतापूर्वक वकालत गर्नु भएको थियो । यद्यपि पार्टीलाई अबिभाजित राख्नका लागि आफ्नो मतलाई सुरक्षित राख्दै र आवश्यक पार्टी फोरममा छलफल चलाउने निर्णयकासाथ बहुमतद्वारा पारित ‘राष्ट्रिय प्रजातन्त्र’को कार्यक्रमलाई स्वीकार गरिएकोे थियो । त्यस कार्यक्रमले मजदुरवर्गको नेतृत्वलाई स्वीकार गर्दैनथ्यो भने साम्राज्यवादको चरित्र बदलिएको भन्दै शान्तिपूर्ण संक्रमण, आर्थिक होड जस्ता मान्यतालाई अघि सार्दै वर्गसंघर्षको मूल मर्म–निर्णायक र उच्च परिवर्तनमा बल प्रयोगको सिद्धान्तलाई परित्याग गरेर खु्रश्चोभी संशोधनको बाटो लिएको थियो । यस परिप्रेक्षमा २०१९ सालपछि नेकपा अकर्मण्य, अन्यौल र विसर्जनको स्थितिमा पुगेपछि क. पुष्पलालको पहलकदमी र नेतृत्वमा २०२५ सालमा तेश्रो ऐतिहासिक सम्मेलन — गोरखपुरमा गरी नेपाल कम्युनिष्ट पार्टीले २००६ साल बैशाख १२ गते प्रकाशित पहिलो पर्चा, १५ सेप्टेम्बर १९४९ मा प्रकाशित पार्टीको घोषणापत्र र पार्टी सिंगोरुपमा एकीकृत रहेको बेलाका दस्तावेजहरुका सकारात्मक निर्णयहरुलाई आत्मसात गरेर उहाँले पुनः नयाँ जनवादी कार्यक्रमलाई पुनस्र्थापित गर्दै त्यसलाई समृद्ध तुल्याउनु भयो । कमरेड पुष्पलालले प्रस्तुत गरेको नयाँ जनवादी कार्यक्रम र त्यसलाई प्राप्त गर्ने कार्यनीतिमा असहमत भएपनि मोहनबिक्रम सिँहको नेतृत्वमा २०३१ सालमा भएको चौथो माहाधिवेशनले पनि नयाँ जनवादी कार्यक्रमलाई नै स्वीकार ग¥यो ।ं त्यसरी नै नयाँ जनवादी धारकै कार्यक्रम लिएर २०२८ सालमा सशस्त्र झापा विद्रोहको झण्डा उठाएर कोअर्डिनेशन केन्द्र बनाउँदै २०३५ साल पौष ११ गते स्थापित नेकपा (माले) ले पनि क. पुष्पलालसँग कार्यनीति र २००६ सालमा गठन भएको नेपाल कम्युनिष्ट पार्टीको इतिहांसलाई अस्वीकार गरेपनि नयाँजनवादलाई नै क्रान्तिको कार्यक्रम स्वीकार ग¥यो । सामन्ती अधिनायकवादी पञ्चायती व्यवस्था विरोधी २०४६ मा सफल संयुक्त जनआन्दोनल पछि नेकपा (माले) र नेकपा (माक्र्सवादी) वीचमा २०४७ पौषमा एकता हुँदा त्यसले नयाँ जनवादी कार्यक्रमलाई नै अंगीकार गर्ने निर्णय गरेको थियोे । तर त्यसले मार्गदर्शक सिद्धान्तमा माओ विचारधारालाई हटायो । पछि २०४९ मा भएको एमालेको पाँचौ महाधिवेशनले नयाँ जनवादी कार्यक्रमलाई पूर्णतः विस्थापित गर्दै ‘जनताको बहुदलीय जनवाद’ लाई रणनीतिक कार्यक्रमको रुपमा अघि सारेको थियो । अहिले आएर जबजलाई कार्यक्रम होइन मार्गदर्शक सिद्धान्तकै रुपमा मान्ने र नयाँ जनवादी क्रान्तिको चरण पूरा भइसकेकोले अब समाजवादी क्रान्तिको बाटो लाग्ने निर्णय एमालेको नवौं महाधिवेशनले गरेको छ ।

नेकपा (एमाले)ले नयाँ जनवादी कार्यक्रमलाई त्यागेको भनेर विद्रोह गरेका माक्र्सवादीले संयुक्त माक्र्सवादी बनिसकेपछि “राष्ट्रिय नयाँ जनवाद”, (प्रस्तावित तर कुनै पार्टी निकायले पारित नगरेको), नेकपा–मालेले पनि परिमार्जित नयाँ जनवाद जस्ता नयाँ जनवाद विरोधी कार्यक्रमहरु अगाडि सारे । तर पछि उनीहरुले आफ्नो गल्ती स्वीकार गरे र नयाँ जनवादलाई क्रान्तिको कार्यक्रमका रुपमा पुनस्थापित गरे । यसरी नै नेकपा (मसाल) बाट बिद्रोह गरी बनेको नेकपा (एकीकृत) ले पनि नयाँ जनवादी कार्यक्रम नै आजको नेपाली क्रान्तिको रणनीतिक कार्यक्रम हो भन्ने स्वीकार गरेको छ । त्यसगरी नै नेकपा (माओवादी) बाट विद्रोह गरी बनेका क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, एकीकृत नेकपा (माओवादी) बाट विद्रोह गरी बनेको नेकपा (माओवादी पुनर्गठित) नेकपा—माओवादीहरुले पनि आजको कम्युनिष्ट आन्दोलनको न्यूनतम कार्यक्रम नयाँ जनवादी कार्यक्रम नै हो भन्ने गर्दछन् । त्यसरी नै नेकपा (माक्र्सवादी)का दुई घटकहरुले पनि नयाँ जनवादी कार्यक्रमलाई नै स्वीकार गरेका छन् ।

त्यसैगरी नेकपा (मसाल)बाट मशाल एकता केन्द्र हुदै बनेको नेकपा (माओवादी)ले प्रारम्भमा नयाँ जनवादी कार्यक्रमलाई नै मान्यो । तर दश वर्षे सशस्त्र आन्दोलनको बीचमा यसले २१ सौं शताब्दीको जनवाद नामको सशोधनवादी कार्यक्रम अगाडि सा¥यो । पछि त्यो पार्टी एमाओवादीमा रुपान्तरण भएपछि भएकोे हेटौंडा महाधिवेशनले नयाँ जनवादी क्रान्ति सम्पन्न भइसकेको गलत निष्कर्श निकाल्दै समाजवादी आन्दोलनको नाममा नयाँ जनवादी क्रान्तिको कार्यक्रमलाई विसर्जन गरेको छ । नेकपाको नाम छोडेर बनेको नेपाल मजदुर किसान पार्टीले मार्गदर्शक सिद्धान्त माक्र्सवाद लेनिनवाद माओ विचारधारा माने पनि अहिलेको वर्तमान नेपालको क्रान्तिको कार्यक्रम समाजवादी क्रान्ति मान्दछ । पुनर्गठित नेपाल कम्युनिष्ट पार्टीले नेपालको बर्तमान सन्दर्भमा क. पुष्पलालद्वारा २०२५ सालको गोरखपुर सम्मेलनमा प्रस्तुत र पारित नयाँ जनवादी कार्यक्रमलाई नै नेपाली क्रान्तिको कार्यक्रम मानेको छ । त्यसलाई सम्बृद्ध गर्दै सिर्जनात्मक किसिमले कार्यान्वयन गर्नु नै आजको नेपाली क्रान्तिको वस्तुगत एवं वैज्ञानिक विश्लेषण हो भन्ने निष्कर्श यसले अगाडि सारेको छ ।

नेपाली क्रान्तिको लक्ष्य — नयाँ जनवादी कार्यक्रम नै किन ?

‘नयाँ जनवादी कार्यक्रम—हाम्रो क्रान्तिको लक्ष’ भन्ने उपशिर्षकमा यस कार्यक्रमका प्रस्तोता कमरेड पुष्पलाल लेख्नुु हुन्छ : सयौं बर्षदेखि चल्दै आइरहेको सामन्ती शोषणले गर्दा नेपालका सर्वसाधारण जनता, खासगरेर, किसानवर्ग साह्रैनै पीडित, दुःखित तथा नाङ्गो हुन गएको छ । यस शोषणलाई सदैव कायम राखिराख्नको निम्ति नेपालको सामन्तवर्गले आफ्नो सामन्ती राज्यसत्ताको ताकतलाई पूर्णरुपले सामन्ती शोषण विरोधी जन समुदायको दमनको निम्ति उपयोग गरिरहेछ । यसलाई झनै बलियो पार्न अन्तर्राष्ट्रिय पूँजीवाद, खाशगरेर भारतीय एकाधिकार पूँजीवाद तथा अमेरिकी साम्राज्यवादलाई हाम्रो राष्ट्रिय आर्थिक, राजनीतिक तथा साँस्कृतिक जीवनमा प्रवेश गराएको छ । यसरी दरवारद्वारा नेतृत्व गरिएको नेपालको सामन्तवर्ग तथा अन्तर्राष्ट्रिय पूँजीवाद खास गरेर भारतीय एकाधिकार पूँजीवाद र अमेरिकी साम्राज्यवादद्वारा भइरहेको शोषणले गर्दा हाम्रो देशको सामाजिक स्थिति आज पनि अर्धऔपनिवेशिक तथा अर्धसामन्ती छ । जबसम्म नेपालको माटोबाट सामन्ती शोषण–व्यवस्था र यसलाई आड तथा भरोसा दिई शोषण–कार्यमा हिस्सेदार भइरहेको विदेशी पूँजीवाद खासगरेर भारतीय एकाधिकार पूँजीवाद तथा अमेरिकी साम्राज्यवादलाई समूल नष्ट गरिदैन तबसम्म नेपालको अर्धसामन्ती तथा अर्धऔपनिवेशिक स्थिति पनि खतम् हुन सक्तैन । अतः आजको हाम्रो क्रान्तिको लक्ष

(१) नेपालबाट सम्पूर्ण सामन्ती शोषण र यसको रक्षा गर्ने किल्लाकोरुपमा काम गरिरहेको शाही पञ्चायती राज्ययन्त्रलाई समूल नष्ट गर्नु तथा

(२) विदेशी एकाधिकार पूँजीवाद खाश गरी भारतीय एकाधिकार पूँजीवाद तथा अमेरिकी साम्राज्यवादलाई खतम् गर्नु हो । तथर्स आजको नेपालको क्रान्तिको चरित्र सामन्तवाद तथा साम्राज्यवाद विरोधी हो । यो क्रान्ति सर्वहारा क्रान्ति नभै मजदुरवर्गको नेतृत्वमा किसान–मजदुर एकताको आधारमा सम्पूर्ण क्रान्तिकारी वर्गहरुलाई एकाबद्ध गर्दै चलाईने पूँजीवादी जनवादी क्रान्ति हो ।

नेपाली राष्ट्रिय आन्दोलनको शिक्षाले साबित गर्दछ कि आजको नयाँ ऐतिहासिक युगमा चलाईने सामन्तवाद विरोधी तथा साम्राज्यवाद विरोधी जनवादी क्रान्तिको नेतृत्व नेपालको पूँजीवादीवर्गले गर्न सक्तैन । मजदूरवर्ग नै सबैभन्दा वैज्ञानिक, क्रान्तिकारी तथा माक्र्सवाद लेनिनवादले लैस भएको हुँदा आजको नयाँ ऐतिहासिक युगमा र नेपालको आजको विशिष्ठ ऐतिहाँसिक स्थितिमा यस्तो क्रान्तिको नेतृत्व मजदुरवर्गको पार्टी नेपाल कम्युनिष्ट पार्टीले मात्र गर्न सक्तछ । फेरि नयाँ जनवादी क्रान्ति भएता पनि यो आजको हाम्रो नयाँ युगमा, विश्व साम्राज्यवादको पूर्ण पत्तन र समाजवादको विश्वव्यापी विजयको युगमा, एक नयाँ विशिष्ठ ऐतिहाँसिक युगमा हुने हुँदा र यसले नेपालको माटोबाट सामन्तवाद र साम्राज्यवादलाई समूल नष्ट गर्ने हुँदा यो नेपाली मजदुरवर्गको पार्टी नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा मजदुर–किसान एकताको आधारमा सम्पन्न हुनेछ । अतः नयाँ विशेषताले गर्दा, यो पुरानो खालको पूँजीवादी जनवादी क्रान्ति नभै नयाँ किसिमको पूँजीवादी क्रान्ति हुनेछ । यसले नेपालबाट सामन्तवाद तथा साम्राज्यवादलाई खतम् गरी अर्थात् नेपालको अर्धसामन्ती तथा अर्धऔपनिवेशिक स्थितिलाई खतम् गरी जनवादी अर्थतन्त्रको निर्माणद्वारा समाजवादी संक्रमणको पृष्ठभूमि तयार पार्नेछ ।

नयाँ जनवादी प्रजातन्त्र न त यूरोप तथा अमेरिकामा प्रचलित पूँजीपतिवर्गको अधिनायकत्वमा स्थापित पुरानो खालको जनवादी प्रजातान्त्रिक व्यवस्था जस्तो हो न त समाजवादी देशमा सर्वहारावर्गको अधिनायकत्वमा स्थापित समाजवादी व्यवस्था जस्तो नै हो । यो मजदुरवर्गद्वारा नेतृत्व गरिएको र मजदुर–किसान अधिनायकत्वमा स्थापित जनवादी गणतन्त्र हो । वस्तुतः यो औपनिवेशिक तथा अर्धऔपनिवेशिक देशमा क्रान्ति चलाई समाजवादमा संक्रमण गर्ने अन्तरिम अवधिको प्रजातान्त्रिक व्यवस्था हो । अतः यस्तो जनवादी क्रान्तिकारी सरकारमा नयाँ जनवादी क्रान्तिमा भाग लिने सम्पूर्ण क्रान्तिकारीवर्ग तथा जनसमुदायको प्रतिनिधित्व रहनेछ । मजदुरवर्गको नेतृत्वमा गठित यस्तो संयुक्त क्रान्तिकारी सरकारको क्रान्तिविरोधी तत्वमाथि अधिनायकत्व रहनेछ । जनताको अधिनायकत्व भएको मजदुरवर्गको नेतृत्वमा गठित यस्तो सरकारले देशमा सदियौंदेखि लादिएको साम्राज्यवादी शोषण तथा सामन्ती अवशेषलाई समूल नष्ट गर्नेछ ।

आजको नेपाली कम्युनिष्ट आन्दोलनको रणनीतिक कार्यभार

कामरेड पुष्पलालले नयाँ जनवादी कार्यक्रम प्रस्तुत गरेको बेलाको भन्दा आज नेपाली समाज मात्रात्मक रुपमा निक्कै ठूलो परिवर्तनको चरणबाट अगाडि बढिरहेको छ । पछिल्लो २०६२÷६३ को ऐतिहाँसिक संयुक्त जनआन्दोलन पछि राजतन्त्रको अन्त्य भएर देश गणतन्त्रमा गएको छ । तर पनि गुणात्मरुपमा वर्गीय शक्ति सन्तुलन परिवर्तन हुने किसिमले यसले फड्को मार्न नसकेको अवस्थाबाटै नेपाली समाज अहिले पनि गुज्रिरहेको नेपाल कम्युनिष्ट पार्टीको बस्तुगत मूल्याङ्गन रहेको छ । त्यसैले हाम्रो पार्टी अहिलेसम्मका परिवर्तनलाई ‘अधिरचना (Super-Structure) मा निक्कै ठूलो परिवर्तन आएको तर आधार (Base) मा आमूल परिवर्तन आउन नसकेको अर्धसामन्ती, अर्धऔपनिवेशिक एवं नवऔपनिवेशिक बस्तुगत अवस्थाबाटै अझ पनि नेपाली समाज गुज्रिरहेको’ यथार्थलाई स्वीकार गर्दछ । यसै आधारमा आजको कम्युनिष्ट आन्दोलनको मुख्य रणनीति कार्यभार के हुन सक्तछ भन्ने निरोपण गरिनु पर्दछ भन्ने औंल्याउँदछ । अहिले पनि हाम्रो क्रान्तिको चरित्र यो अर्धसामन्ती, अर्धऔपनिवेशिक तथा नवऔपनिवेशिक परिवेशलाई समूलरुपमा अन्त्य गर्ने—सामन्तवाद तथा साम्राज्यवाद विरोधी–क्रान्ति नै हो ।

यसले नेपाली समाजलाई आमूल र अग्रगामी परिवर्तनको दिशामा अघि बढाउन नयाँ पूँजीवादी जनवादी क्रान्तिकै माग गर्दछ । त्यसैले अहिले पनि हाम्रो समाज नयाँ जनवादी क्रान्तिकै संक्रमणकालीन चरणबाट गुज्रिरहेको छ र यो क्रान्तिले पूर्णता नपाईकन वैज्ञानिक समाजवाद निर्माणको पृष्ठभूमि तयार हुन सक्तैन भन्ने कुरा एकदमै प्रष्ट छ । यसर्थ हामीले वर्तमान नेपाली समाजको चरित्रलाई केलाएर वर्गसंघर्षको कुन चरणबाट हामी गुजिरहेका छौ र हामी जाने दिशा र बाटो कता हो भन्ने महत्वपूर्ण कुराको पुनः निरोपण गर्नु पर्ने ज्वलन्त आवश्यकता छ ।

नेपाली समाजको वर्तमान चरित्र

हामीले माक्र्सवादी लेनिवादी सिद्धान्त अर्थात माक्र्सवाद लेनिनवाद र माओ विचारधारको आलोकमा हाम्रो समाजको चरित्र चित्रण गर्नु पर्दछ । द्वन्दात्मक ऐतिहासिक भौतिकवाद जुन सम्पूर्ण दर्शन, विचारधारा, नीति र कार्यक्रमलाई बुझ्ने, व्याख्या गर्ने र कार्यान्वयन गर्ने अर्थात् संसारलाई हेर्ने र फेर्ने माक्र्सवादको आधारभूत विश्व दृष्टिकोण हो । यस प्रकारको वैज्ञानिक सिद्धान्तलाई अंगीकार गर्ने पार्टीले सतहीरुपमा सारसंग्रहवादी भएर निष्कर्श निकालेर हुदैन । यथार्थ बस्तुस्थितिका आधारमा वर्गसंघर्षका चरण उपचरण र त्यस चरणमा सर्वहारावर्गको पार्टी – कम्युनिष्ट पार्टी – ले खेल्नु पर्ने महत्वपूर्ण भूमिका र निर्वाह गर्नु पर्ने जिम्मेवारीबोधकासाथ निचोड निकाल्नु पर्दछ । पुरा पढ्न यहा डाउनलोडगर्नुहोस

Work On Progress..

Work on progress..


election-symbol

चुनाव चिन्ह

 

प्रेस विज्ञप्तिहरू

deer

महत्वपूर्ण निर्णय गर्दै नेपाल कम्युनिष्ट पार्टीको भिडियो बैठक सम्पन्न.
Read more›