समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रस्तावहरू

विशेष राष्ट्रिय सम्मेलन ९–१० वैशाख, २०८० विराटनगरमा प्रस्तुत

समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रस्तावहरू
 
राष्ट्रिय
यो विशेष राष्ट्रिय सम्मेलन
- मिटर ब्याजी किसान मजदुर श्रमिक वर्गले चलाईरहेको संघर्षको कार्यक्रमलाई सहयोग र समर्थन गर्दछ । उनीहरूको मागहरू तुरून्त पुरा गर्न जोडदार माग गर्दछ । उनीहरूसंग राज्यपक्षले गरेको कपटपूर्ण निर्दयी व्यवहारको घोर निन्दा एंव भत्र्सना गर्दछ ।
- निजी वित्तीय संस्था मैत्री वित्तीय प्रणाली खारेज गरी उत्पादन तथा उद्दमशीलता मैत्री वित्तीय प्रणालीको कार्यान्वयन गर्न जोडदार माग गर्दछ ।
- किसानलाई सहुलीयत दरमा मल, विउ, औषधी, औजार, प्रविधिको तुरून्त व्यवस्था गर । कृषि फसलको उचित मुल्य तोक र विचौलीयामुक्त व्यवस्थित बजारिकरणको व्यवस्था गर्न जोडदार माग गर्दछ ।
- मजदुर मारा श्रम ऐन २०७४ का नो वर्क नो पे, हायर एण्ड फायर लगायतका समाजवाद उन्मुख भनिएको संविधान विपरितका प्रावधानहरू खरेज गर्न र श्रमिकको पहिलो हक कायम गर्न जोडदार माग गर्दछ ।
- उत्पादन सहितको विचार प्रणाली र विचार सहितको उत्पादन प्रणाली आवद्ध भई राष्ट्रिय पूँजी निर्माणको अभियानमा एकतावद्ध हुन हार्दिक आह्वान गर्दछ ।
- विदेशमा श्रम वेचेर जीवनयापन गरिरहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईले पाउनुपर्ने उचित श्रममुल्यको ग्यारेन्टी गर । उनीहरूलाई स्वदेशमै रोजगारिको व्यवस्था गर । युवा र योग्यताको पलायन तुरून्त रोक्न जोडदार माग गर्दछ ।
- नेपाली उत्पादनमा आधारित वस्तु र सेवाका क्षेत्रहरूलाई प्रोत्साहन प्रवर्धन गर्न जोडदार माग गर्दछ ।
- विज्ञान र प्रविधिमा आधारित अनुसन्धान केन्द्रहरू सञ्चालन गर्न र राष्ट्रिय आविश्कार केन्द्रलाई राष्ट्र गौरव आयोजना घोषणा गरी विकास गर्न जोडदार माग गर्दछ ।
- यातायात क्षेत्रमा भइरहेको अनियमितताको अन्त्य गरी छिटो छरितो सेवा प्रवाह गर्न र यात्रुहरूको पहिलो हित हुने गरी व्यवस्था मिलाउन जोडदार माग गर्दछ ।
- बन्द गरिएका र जिर्ण राष्ट्रिय उद्योगहरू तुरून्त सञ्चालन गर । पर्यटन, उत्पादन, प्र्रशोधन लगाएतका व्यवसाय प्रर्वधन गर्न जोडदार माग गर्दछ ।
- १९५० को नेपाल भारत मैत्री सन्धी, अमेरिकासंगको एमसीसी सम्झौता लगायतका असमान राष्ट्रघाती सन्धी सम्झौताको खारेज गर्न जोडदार माग गर्दछ ।
-  एनसेल लगायतका विदेशी लगानीका सबै उद्योग व्यवसाय राष्ट्रियकरण गर्न जोडदार माग गर्दछ ।
- माथिल्लो कर्नाली बहुदेशीय जलबिद्युत आयोजना नेपाल सरकारले निर्माण र सञ्चालन गर्न जोडदार माग गर्दछ ।
- खाद्यसुरक्षाका लागि उत्पादन, रोजगारका लागि उत्पादन, आत्मनिर्भरताका लागि उत्पादन र राष्ट्रिय उन्नतिका लागि उत्पादन कार्यक्रम सञ्चालन गर्न जोडदार माग गर्दछ ।
- आयातमुखी वजार अर्थतन्त्रको अन्त्य गरी निर्यातमुखी अर्थतन्त्र निर्माण गर्न जोडदार माग गर्दछ ।
- शिक्षा र स्वास्थ्य क्षेत्र पूर्ण रूपमा राष्ट्रियकरण, औषधीय क्षेत्रमा भइ रहेको मनोमालिन्यको अन्त्य गर्न जोडदार माग गर्दछ ।
- उपभोक्तावादी संस्कार र संस्कृतिको अन्त्य गर्दै श्रममा आधारित जीवन संस्कृतिको निर्माण गर्न आह्वान गर्दछ ।
- विश्व पूँजीवादले पर्यावरणको विनास गरिरहेको छ । यस्तो अमानवीय प्रकृति विरोधी गतिविधि तुरून्त रोक्न र  जीवन लायक पर्यावरण कायम राख्न जोडदार माग गर्दछ ।
-  सम्पूर्ण प्राकृतिक तथा मानव सम्पदामा सामाजिक स्वामित्व कायम गर । सबै अपराधको मुख्य श्रोत व्यक्तिगत सम्पत्ति भएकाले व्यक्तिगत सम्पत्तिको उन्मुलन गर्न जोडदार माग गर्दछ ।
-  गीत, संगीत, चलचित्र, चित्रकारिता, कला, साहित्य लगायतका सांस्कृतिक क्षेत्रलाई जनताको रूपान्तरणको मुख्य क्षेत्र घोषण गर र जनवादी कला साहित्यको क्षेत्रमा योगदान गरेका श्रष्ठाहरूलाई सांस्कृतिक योद्धा घोषणा गर्दै साधना र जीवीकोपार्जनको आधार निर्माण गर्न जोडदार माग गर्दछ ।
-  जनाधिकारका लागि भएका विभिन्न संघर्षमा आफ्नो जीवन आहुति दिनुहुने कमरेडहरूमा लाल सलाम, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना र वेपत्ता पारिएकाहरूको यथार्थ विवरण खोजी गर्नका सार्थ सबैको भरणपोषणको व्यवस्था गर्न जोडदार माग गर्दछ ।
-  राज्यद्वारा आस्थाका आधारमा बन्दी बनाइएका राजबन्दीहरूलाई विनासर्त तुरून्त रिहा गर । विभिन्न बहानामा झुठा मुद्दामा फसाइ बन्दी बनाइएकाहरूलाई तथ्य जाँच गरी अविलम्ब रिहा गर्न जोडदार माग गर्दछ ।
-  कृषिजन्य उत्पादनका क्षेत्र, जलबिद्युत, खानी लगायतका क्षेत्रको औद्यौगिक विकास गर्न जोडदार माग गर्दछ ।
-  एक घर एक उत्पादन, एक गाउँ एक उद्योग, एक जिल्ला एक औद्यौगिक क्षेत्र स्थापनाको योजना कार्यान्वयन गर्न जोडदार माग गर्दछ ।
-  पञ्चशिलको आधारमा असलग्न परराष्ट्र नीति कार्यान्वयन गर्न र युक्रेन–रूस युद्धमा युक्रेन अर्थात अमेरिकी साम्राज्यवादको पक्षमा उभिने नेपाल सरकारको निर्णयको खारेज गर्न जोडदार माग गर्दछ ।
-  सम्पूर्ण शोषित उत्पीडित वर्ग समुदायको एकतामा हुने संयुक्त जनसंघर्ष, जनविद्रोह, जनक्रान्तिमा लामबद्ध हुन हार्दिक आह्वान गर्दछ ।
-  बर्तमान सामन्ती दलाल तथा नोकरशाही पूँजीवादी राज्यसत्ताको अन्त्य गरी नयाँ जनवादी राज्यसत्ता स्थापनाको तयारीमा एकजुटहुन सम्पूर्ण क्रान्तिकारी कम्युनिष्टहरूमा हार्दिक आह्वान गर्दछ ।
-  रूपान्तरण सहितको कम्युनिष्ट आन्दोलन र पार्टीको पुनर्गठन अभियानमा जुट्न सम्पुर्ण कम्युनिष्ट क्रान्तिकारीहरूमा हार्दिक आह्वान गर्दछ ।
 
अन्तर्राष्ट्रिय
-  युक्रेन–रूस युद्धको अन्त्य गर्न सम्बद्ध शक्ति राष्ट्रहरूसंग जोडदार माग गर्दछ ।
-  धनी राष्ट्रहरूद्वारा गरिव तथा निर्धन मुलुकको स्वाधीनतालाई कुल्चने तथा प्राकृतिक तथा मानवीय सम्पदा माथिको अतिक्रमण रोक्न जोडदार माग गर्दछ ।
-  मानव समाजलाई निशस्त्रीकरण गरी भयरहित जीवनयापन गर्ने परिवेश निर्माण गर्न जोडदार माग गर्दछ ।
-  पर्यावरण विनासक उद्योगलाई प्रतिबन्ध गरी वनस्पती र जीवमैत्री उद्योग स्थापना गर्न जोडदार माग गर्दछ ।
-  युद्ध निर्यात गर्ने नाटो, आइपिएस, एमसीसी, क्वाड जस्ता सैन्यवादी संगठन र गठबन्धनको खारेज गर्न जोडदार माग गर्दछ ।
-  क्षेत्रीय सहयोग संगठन सार्कको कार्यक्षमता र सक्रियता बढाउन जोडदार माग गर्दछ ।
-  विश्व बहुधुव्रीय बनिरहेको छ । विश्व क्रान्तिको वस्तुगत अवस्था बन्दै गईरहेको छ । आत्मगत अवस्था बन्न सकिरहेको छैन । संसदवादको अन्त्य जनवादी सत्ताको स्थापनाको लागि जनसंघर्ष, जनविद्रोह र जनक्रान्तिको कार्यदिशा बर्तमान विश्व क्रान्तिको कार्यदिशा बनिरहेको अवस्थामा
संसदवादको भ्रमबाट मुक्त हुन सम्पुर्ण कम्युनिष्ट क्रान्तिकारी शक्तिहरूमा हार्दिक आह्वान गर्दछ ।

सांगठनिक प्रस्तावमा थप
-  २ को सांगठनिक नीतिमा थप गर्नुपर्ने – पार्टीको सांगठानिक संरचना र कामलाई संसदीय रुझाबाट मुक्त गर्दै जनसंघर्ष–जनविद्रोह–जनक्रान्ति र वल प्रयोगको सिद्धान्तको समायोजन र प्रयोगलाई ठोष गर्दै अगाडि बढ्ने किसिमले निर्देशित हुनु पर्दछ । 

कुन काममा केन्द्रित हुने मा थप्ने:
 
तेश्रो कुरा, संसदवादको अन्त्यको आवश्यकता र नयाँ जनवादी राज्यसत्ता स्थापनाको अनिवार्यताको मान्यतालाई ठोष रुपमा स्थापित गर्ने कार्ययोजना र कार्यदिशाको विकास गरेर अगाडि बढ्नु पर्छ ।

चौथो कुरा, नेपाली समाज र सम्पदाको नयाँ जनवादी क्रान्तिका मान्यताका आधारमा नवीनतम अनवेशण र इन्जिनियरिङ्ग गर्नु वस्तुगत आवश्यकता बनेकोछ ।
 
नयाँ पार्टी निर्माणको पहिलो अनुछेदमा थप्ने 
संसदवाद विरोधी नीति र संगठन, जनसंघर्ष–जनविद्रोह–जनक्रान्तिका लागि वल प्रयोगको सिद्धान्तको समायोजन प्रतिरोधी संगठन मार्फत गरिने संघर्षको कार्यदिशालाई सहयोग पुग्ने सांगठनिक संरचना र संघर्ष नै नयाँ पार्टी निर्माणको मूख्य आधार हो ।

What Others Say

Latest Videos