​संयुक्त प्रेस विज्ञप्ति

संयुक्त प्रेस विज्ञप्ति
मिति २ पुस, २०८०
नेपाल कम्युनिष्ट पार्टी र जनवादी मोर्चा नेपाल बीच निम्न अनसार सहमति भएको कुरा यो संंयुक्त प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरिएकोछ ।
१) नेपालको कम्युनिष्ट आन्दोलन भित्र देखा परेको विसर्जनवादलाई परास्त गरी  माक्र्सवाद लेनिनवाद माओ विचारधाराको  मार्गदर्शनमा  क. पुष्पलालले प्रतिपादन गर्नु भएकोे सकारात्मक नीति, कार्यक्रम, सिद्धान्त र आदर्शलाई आत्मसाथ एवं सम्बृद्ध  गर्दै नेपाली नयाँँ जनवादी क्रान्तिको कार्यभार पुरा गर्न प्रतिवद्ध छौ।

२)संसदवाद सामन्त, दलाल तथा नोकरशाही पुजीवाद एवं विसर्जनवादको रक्षाकवचहो ।यसलाई ध्वंस नगरि जनवादी क्रान्तिको कार्यभार पुरा हुदैन ।
३)जनवादी शक्तिहरु बीचको व्यापक संयुक्त मोर्चा मार्फत जनक्रान्ति  सम्पन्न गर्ने   राजनीतिक  कार्यदिशा आजको वस्तुगत कार्यदिशा हो ।
४) यस्को निम्ति सिद्धान्तनिष्ट कम्युनिष्ट पार्टीको पुनर्गठन गर्न नेपाल कम्युनिष्ट पार्टीमा गोलवन्द हुन सम्पूर्ण क्रान्तिकारी शक्तिहरुलाई हामी अपील गर्दछौ ।

क. ऋषि कट्टेल     
प्रतिनिधि, ने.क.पा. 

क. डा. शम्भु कट्टेल 
प्रतिनिधि,  नयाँ जनवादी मोर्चा

क. डा. भगवानचन्द्र ज्ञवाली   
प्रतिनिधि,  नयाँ जनवादी मोर्चा
 

What Others Say

Latest Videos