सामुदायिक सर्वोच्चतामा आधारित सामुदायिक जनसत्ताः
विकासविदहरु र मार्क्सवादीहरुको मिलन ">
सामुदायिक सर्वोच्चतामा आधारित सामुदायिक जनसत्ता
Apr 16 2024

सामुदायिक सर्वोच्चतामा आधारित सामुदायिक जनसत्ता

सामुदायिक सर्वोच्चतामा आधारित सामुदायिक जनसत्ताः
विकासविदहरु र मार्क्सवादीहरुको मिलन विन्दु
सामुदायिक विकासमा लागेका, विकेन्द्रीकरणमा विस्वास गर्ने, स्थानीय समुदायलाई आफ्नो समुदायको ज्ञाता र हकदार मान्ने लगायतका विकासविद्हरु विकासकार्यहरुको केन्द्रविन्दु समुदायलाई बनाउनु पर्ने धारणा राख्दछन्। राज्यको केन्द्रीय योजनाको अवधारणासंग विमति राख्ने तर निजीक्षेत्रको एकाधिकार पनि स्वीकार नगर्नेहरु पनि सामुदायिक सर्वोच्चतालाई विकल्पको रुपमा देख्दछन्।
मार्क्सवादीहरु पनि तात्कालीन रुपमा प्रतिगामी राज्य प्रणालिको र बैदेशिक शोषणहरुको पंजाको प्रतिकार गर्ने शक्तिको रुपमा स्थानीय समुदाय स्तरबाटै साझा सहकारी उत्पादन र अन्य सामुदायिक व्यवस्थापनको पध्दति विकास गर्नु पर्ने दिशामा सोंच्दछन्। उनिहरु यसलाई जनताको संयुक्त सत्ताको प्रारंभिक इकाइको रुपमा हेर्दछन्। यो सत्ताको विस्तार भएर केन्द्रीय सत्ता निर्माण हुने र ती स्थानीय साझा सहकारीहरुले स्थानीय समाजवादी सत्ताको भूमिका खेल्ने भएकाले ती स्थानीय समाजवादी इकाइहरुको विस्तारित केन्द्रीय रुप केन्द्रीय समाजवादी हुने र केन्द्रको राज्यशक्तिको आडमा स्थानीय समाजवादी इकाइहरुले समुदाय बाहिरबाट हुने शोषणहरुको बिरुध्द काम गर्ने वातारवण पाउने कुरामा साम्यवादी अवधारणा बुझेका मार्क्सवादीहरु विस्वस्त हुन्छन्। कार्ल मार्क्सले (वा मार्क्सवादीले) समाजवादी चरणको विकसित रुप शोषणविहीन, वर्गविहीन, स्वचालित (राज्यविहीन) सामर्थ्यवान समुदाय हो र यही नै साम्यवाद हो भन्ने मान्दछन्।
स्थानीय समुदायलाई सार्वभौम इकाइ मान्ने अवधारणा वैज्ञानिक छ। समुदायहरुले समाजको मुहार (cross section) देखाउंछन्; यसमा समाजको अर्थ-राजनीतिक र सामाजिक-सास्क्रितिक संरचनाको प्रतिबिम्ब हुन्छ तापनि यसमा जनवादी भावना बलियो हुने र ‘सर्वजन हिताय, सर्वजन सुखाय’ को प्राक्रित मानवोचित समतामुखी (वा साम्यवादी ) भावना शक्तिशाली हुनाले समाजलाई दिशा दिने र बाह्य आर्थिक-सास्क्रितिक अतिक्रमणहरुको प्रतिकार गर्ने क्षमता हुन्छ। इतिहास देखिनै स्थानीय प्राक्रितिक श्रोत साधनहरुको संरक्षण गर्ने, साहुकारहरु/बैंकहरु/सामन्त/पूजिपतिहरु तथा समुच्च राज्यलाई आर्थिक रुपमा पाल्ने स्थानीय समुदायहरुनै हुन् (जसले अरुलाई पाल्छ, ऊ आफै सम्पन्न छ भन्न स्वतः नै सकिन्छ)। समुदायहरुबीचमा श्रोतहरुको न्यायोचित उपभोगको व्यवस्था मिलाउनको लागि केही समय मार्क्सवादी केन्द्रीय राज्यहरुले समन्वयात्मक भूमिका खेल्दछन् र स्थानीय सत्ताहरु जसरी इतिहासमा साना राज्यका रुपमा विकसित भएका थिए त्यसरीनै वर्ग उत्पत्ति हुने आर्थिक आधार हटेको स्थानीय स्वचालित समाजको रुपमा अघि बढ्दछन्।
त्यसैले, यो तथ्यलाई मनन गरी सबै प्रगतिशील शक्तिहरुले अहिलेबाटै स्थानीय सामुदायिक सर्वोच्चतालाई ध्यानमा राखी स्थानीय संयुक्त जनसत्ताको रुपमा स्थानीय साझा सहकारी उत्पादन र सामुदायिक व्यवस्थापनको बाटोबाट अघि बढी पहिले जनवाद, त्सपछि समाजवाद र अन्त्यमा साम्यवादी परिवर्तन संभव बनाउन जरुरी छ।

What Others Say

Latest Videos