पार्टी एकता गर्न सहमति
नेपाल कम्युनिष्ट पार्टी र अखिल नेपाल कम्युनिष्ट एकता संयोजन समिति बीच पार्टी एकता गर्न सहमतिः
रिषी कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो कम्युनिष्ट पुनर्गठन अभियानको दोश्रो श्रिंखलाको रुपमा आज असोज १६ गते आफ्नो कीर्तिपुर स्थित कार्यालयमा नारायण शर्मा (हाल अमेरिका) संयोजक रहेको अखिल नेपाल कम्युनिष्ट एकता संयोजन समितिसंग पार्टी एकता गर्न सहीछाप गरेको छ (पहिलो श्रिंखला डा. शम्भु कट्टेल संयोजक रहेको नयां जनवादी मोर्चासंग गत मंशीरतिरको पार्टी एकता थियो)। अखिल नेपाल कम्युनिष्ट एकता संयोजन समितिका तर्फबाट हस्ताक्षर गर्नेहरुमा सह-संयोजक पुष्कर गौतम र सचिव लक्ष्मण उप्रेती हुनुहुन्थ्यो। अर्का सह-संयोजक एकलाल श्रेष्ठ विरामी भएर आज दस्तखत गर्न नसकेपनि वहांको पनि दस्तखत गर्न सहमति छ। नेकपाको तर्फबाट हस्ताक्षर गर्नेहरुमा अध्यक्ष रिषी कट्टेल, उपाध्यक्ष आर. बी. भन्डारी र अर्का उपाध्यक्ष डा. शम्भु कट्टेल लगायत अन्य तीन जना सचिवालय सदस्यहरु र दुई जना केन्द्रीय सदस्यहरु हुनुहुन्थ्यो।
यो एकता प्रक्रियालाई कार्यान्वयन गर्न आजै दुबै पक्षबाट तीन तीन जना लिएर छ जनाको संयोजन समिति पनि बनाइएको छ।