एकता वार्ता
वार्ता सकारात्मक 20 June2024
नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय किर्तिपुर न.पा. वडानं २ मैत्रिनगरमा नेपाल कम्युनिष्ट पार्टी र अखिल नेपाल कम्युनिष्ट एकता अभियानका बीच एकता,मोर्चा र संघर्षका याजना वारे औपचारिक वार्ता भयो ।वार्तामा नेकपा अध्यक्ष ऋषि कट्टेल उपाध्यक्ष क.शम्भु कटेल क. सतिलाल चौधरी र क विष्णु वराल सहभाग िहुनुहुन्थ्यो ।त्यसैगरी अभियानका तर्फवाट संयोजक नारायण शर्मा र रातोताराका माहासचिव लक्ष्मण उप्रेति सहभागी हुनु हुन्थ्यो । नेकपा र अभियान बीच निम्न विषयमा सहमति भएको छ ।
१) दूवै तर्फका वार्ता समितिहरु बीच एकतावार्ता अगाडी बढाउने ।
२) नेकपा र मोर्चा (अभियान)ले आयोजना गर्ने आन्दोलनका कार्यक्रमहरुलाई एकले अर्कोलाई सघाउने । तर अभियान समेतरहेको मोर्चामा भने नेकपा संलग्न नहुने ।
३) नेकपा र अभियान दूवैले आआफुना दस्तावेजहरु उपलव्ध गराउने ।