बारम्बारका प्रश्न

Home » बारम्बारका प्रश्न

किन भने नेपाल कम्युनिष्ट पार्टी नै त्यस्तो पार्टी हो जसले नेपाली समाजमा रहेका युगिन प्रकारका शोषण र विभेदको अन्त्यका लागि सिद्धान्तनिष्ट, इमान्दार र सम्झौताहीन संघर्ष गर्दै आइ रहेको छ । यसको अभावमा क्रान्ति पुरा हुन सक्दैन । नेपाली राजनीतिक क्षेत्रमा भइरहेका गतिविधिहरुले यही तथ्य पुष्टी गर्दछ ।

सिद्धान्तनिष्ट भनेको नेपालमा हुने क्रान्तिको चरित्र नयाँ जनवादी किसिमको हुनेहुँदा क्रान्तिको मार्गदर्शक सिद्धान्त माक्र्सवाद लेलिनवाद तथा माओ त्येतुङ विचारधारा हुन्छ । यसको इमान्दार र सम्झौताहीन प्रयोग भनेको हो । तपाईं देख्न सक्नु हुन्छ, नयाँ जनवादी क्रान्तिका विरुद्ध उभिने वा २०२५ को गोरखपुर सम्मेलनको विरुद्ध उभिनेहरु आज कि त उग्र दक्षिणपन्थी अवसरवादमा विसर्जन भएका छन् कि त उग्र बामपन्थी दुश्साहसवादीहरु प्नि दक्षिणपन्थी अवसरवादमा विसर्जन भएका तथ्यहरु हाम्रा अगाडि प्रमाणित भएका छन् । यो अवधिमा मध्यपन्थी अवसरवादीहरु पनि देखा परे । यी तीनै प्रबृत्ति नेपाली श्रमजीवी मुक्तिकामी जनतामा भ्रम दिनमात्र सफल भए समस्याहरु समाधान गर्न सफल भएनन । बरु यी तीनै प्रबृत्तिहरु नेपाली जनवादी क्रान्तिमा समस्याको रुपमा रहेका छन् ।

हो, आज उनीहरु नै बलशाली बनेका छन् । सत्तामा उनीहरु नै छन् । तर उनीहरुबाट राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका समस्याहरु समाधान हुन सकिरहेका छैनन् । किन होला ? किन भने उनीहरु सिद्धान्त, इमान्दारिता, नैतिकता च्यूत भएकाले हो । विदेशीका खेताला बनेकाले हो । हेर्नुसन, उनीहरुको एकता पनि आकस्मिक भयो विभाजन पनि आकस्मिक नै भयो । उनीहरुको एकता वा विभाजन नेपाली जनताको हितमा नभएर भारतीय एकाधिकार पूँजीवाद र साम्राज्यवादीहरुको हितमा छ । नेपाली जनताको वर्ग दुश्मनलाई परास्त गर्न र नेपाली जनताको श्रीबृद्धिमा यो सत्ता र व्यवस्था आजसम्म लागिपरेको छैन । जनतालाई भोट खसाल्ने र निरास र विवस बनाउन कोशिस गर्ने र प्रभुलाई रिझाउने काम यिनीहरुको मुख्य काम बनेको छ । तर अब जनता जागि सके । यिनीहरुको समय सकिदै छ ।

नेपाल कम्युनिष्ट पार्टीको नीति र नेतृत्वमा गरिने नयाँ जनवादी क्रान्तिबाट मात्र नेपाली समाजमा रहेको नव सामन्ती तथा नव औपनिवेशिक शोषण र विभेदको अन्त्य भइ सामाजिक न्यायमा आधारित समाजको निर्माण गर्न सकिन्छ । जनक्रान्ति मात्र एकमात्र विकल्प हो । यसको स्वरुप संयुक्त जनआन्दोलन, जनसंघर्ष, जनविद्रोह हुँदै बल प्रयोगको समायोजन मार्फत हुन्छ ।

क्रान्ति कुनै मनोगत विषय हैन । यो त ठोस बस्तुगत परिस्थितिको ठोस निचोड वा विश्लेषणको आधारमा तयार गरिने ठोस कार्यक्रमबाटमात्र निरुपन हुने विषय हो ।
नेपाली समाजको ठोस वर्ग विष्लेशण गर्दा आज पनि नेपाली समाजमा पूँजीवादी विकास भएको छैन । नेपालको अर्थतन्त्र परनिर्भर अर्थतन्त्र हो । नेपालमा औद्योगिक विकास भएको छैन । कुनैपनि देशमा पूँजीवादी विकास वा क्रान्ति विना समाजवादको बाटोमा जान सक्दैन । पूँजीवादी विकास वा क्रान्ति हुनासाथ त्यहाँको व्यवस्था समाजवादमा जान्छ भन्ने हुँदैन । जस्तो युरोपका देशहरुमा पूँजीवादी विकास वा क्रान्ति भईसकेका छन् । तर ती देशहरु समाजवादमा गएका छैनन् बरु त्यहाँ सम्पत्ति माथिको निजी स्वामित्वका कारण समाजमा विभेद र शोषणको स्थिति रहेको छ । ७० बर्ष देखि कम्युनिष्ट व्यवस्था भएको चीनमा बल्ल चीनमा गरिवीको रेखा मुनिमा मानिसहरु नरहेको घोषणा गर्दै चिनिया खाले समाजवाद अबको तीस बर्ष पछि पुग्ने प्रक्षेपण गर्दैछन । वैज्ञानिक समाजवाद त कता हो कता दुरिको विषय हो । जुन देश आत्मनिर्भर रहेको, निर्यातमा आधारित अर्थतन्त्र रहेको, सेवा कम उत्पादनमा आधारित अर्थ सम्बन्ध रहेको देशमा त यस्तो यथार्थ रहेको छ भने नेपालमा त सामन्ती दलाल नोकरशाही पूँजीवादीहरुको नेतृत्वको व्यवस्था रहेको नेपालमा समाजवादी व्यवस्थाको कुरा गर्नु उग्रबामपन्थी कार्यदिशा जन्य भड्काउमा रहेको भन्ने बुझ्नु पर्ने हुन्छ ।
परम्परागत पूँजीवादी बाटोबाट समाजवादमा पुग्न नसक्ने यथार्थ बोध गर्दै कमरेड लेलिनले उ बेलै नयाँ खाले पूँजीवादी व्यवस्था स्थापना गरी समाजवाद वैज्ञानिक समाजवाद साम्यवादको दिशातर्फ जान सकिने तथ्य औल्याएका थिए । जो आफ्नो देशीय बिशेषतामा आभारित हुन्छ । रुसमा मजदुर र किसानको एकतामा जनवादी व्यवस्था स्थापना भयो भने चीनमा किसान मजदुरको एकतामा नयाँ जनवादी क्रान्ति सम्पन्न भयो । नेपालमा किसान मजदुरको नेतृत्व र शोषित उत्पीडित वर्ग र समुदायको एकतामा हुन्छ ।
तसर्थ नेपाली समाज आज पनि नव सामन्ती र नव औपनिवेशिक शोषण उत्पीडनमा आधारित छ । यस्तो प्रकारका सम्बन्धको अन्त्य नगरिकन नेपाली समाज पूँजीवादमा त पुग्न सक्दैन समाजवाद त कता हो कता । नेपाली समाज आज मर्दै गरेको सामन्तवादी उत्पादन सम्बन्ध र संस्कृति

हो, नेपालमा पूँजीवादी क्रान्ति भएको छैन । नेपालमा आजसम्म भएका क्रान्ति वा परिवर्तनले उपरिसंरचना मात्र फेरेको छ आधार बदल्न सकेको छैन । यसरी आधार बदल्न नसकेको परिवर्तनले केही मात्रात्मक परिवर्तन भने गरेको छ तर गुणमा परिवर्तन भएको छैन ।

मात्रात्मक रुपमा हुँदै आएको परिवर्तनले नेपाली समाजको विकासमा अत्यन्तै नकारात्मक असर गरिरहेको यथार्थ तपाईं हामीले भागिरहेकै कुरा हो । यसले स्वाधीनता प्रेमी नेपाली जनतालाई पराधिन बनाएको छ । आत्मनिर्भर नेपाललाई परनिर्भर गराएको छ । हरेक क्षेत्रमा दलाली, भ्रष्टाचारी र कमिसनखोरको बोलवाला छ । नेपालीलाई संसदवादी उपभोक्तावादको घनचक्करमा फसाईएको छ । यसबाट मुक्त भएको क्रान्तिले मात्र गुणमा परिवर्तन गर्न सक्छ ।

हामी माक्र्सवाद मान्नेहरु तथ्यमा विश्वास गर्दछौं । अगाडि आधार र उपरिसंरचनाको बारेमा चर्चा भएको छ । यसैमा केही छलफल गरौं । आधार भनेको उत्पादन सम्बन्ध हो भने उपरि ढाँचा वा संरचना भनेको त्यो उत्पादन सम्बन्धको जगमा बनेको राज्ययन्त्र वा राज्यसत्ता हो । जस्तो आधार उस्तै उपरिसंरचना, जस्तो उपरिसंरचना उस्तै आधार । यसमा मुख्य विषय भनेको आधार नै हो । आधार नबदली उपरिसंरचना बदल्न सकिदैन । आधार भनेको जनतासंग प्रत्यक्ष जोडिएको उत्पादन सम्बन्ध हो । जनताको आजको दिनको उत्पादन सम्बन्ध के हो त भन्दा उत्पादन मुलक काममा भन्दा बढि कि विदेशिनु, कि सेवाका क्षेत्रमा रहनु, कि आफ्नै जग्गाको दलाल बन्नु आदि आम्दानीका क्षेत्र रहेका छन् । यसले राष्ट्रिय पूँजी निमार्ण खासै दीर्घ योगदान गर्दैन । राष्ट्रिय पूँजी निर्माण गर्न सक्ने क्षेत्रहरु देशको औद्योगिकिकरणबाट मात्र सम्भब छ । तर देशका जन तथा प्राकृतिक सम्पदा माथि निजीकरण उदारिकरण र माफियाकरण गरी ब्रम्हलुट मच्चाइएको छ । जल, जमिन, जनशक्ति, खानी, जलबिद्युत लगायत बहुउद्देश्य आयोजनाहरु विदेशीको हातमा दिनु राष्ट्रिय पूँजी निर्माणमा गम्भीर प्रकृतिको अबरोध सिर्जना गरिनु हो ।
यसलाई बदल्न नेपाली जनसमुदायको पहिलो कर्तव्य हो । यो कर्तव्य पुरा गर्न हाम्रा विचार गर्ने दृष्टिकोण बदल्नु पर्छ र हाम्रा उत्पादन सम्बन्धमा रहेका समस्याहरुलाई हल गर्ने विधिलाई बदल्नु पर्छ ।

सही दृष्टिकोणले मात्र सही दिशाबोध हुनेहुन्छ । समाज विकासको गतिलाई सही ढंगले बुझ्न सक्दा र त्यस अनुरुप अगाडि बढ्दा सही नतिजा आउन सक्छ । आजसम्म गरिएका प्रयत्नहरु सही नियतबाट भएका रहेनछन भन्ने निश्कर्ष हाम्रा अवस्थाहरुले पुष्ठि गरिरहेका छन् ।
निर्वाहमुखी परनिर्भर उत्पादन सम्बन्धलाई बदलेर औद्यौगिक तथा आत्म निर्भर उत्पादन सम्बन्धको स्थापनाका लागि राजनीतिक पार्टीहरुको स्थापना भएको हो । यसमा पनि कम्युनिष्ट पार्टी त सबै किसिमको वर्गीय विभेद र सामाजिक उत्पीडनको अन्त्यका लागि स्थापना भएको थियो । तर आजसम्म भएका परिवर्तनले यस्ता प्रकारका समस्यालाई समाधान गर्न सकेन । बरु यी दलहरु नै नयाँ बाधा उत्पन्न गर्ने समस्याका रुपमा फेरिएका छन् । र यो संसदवादी व्यवस्था र यसका पक्षपाती दलहरु यसका सञ्चालक भएकाले यो सामन्ती दलाल नोकरशाही पूँजीवादी शासन व्यवस्थाको अन्त्य गरी नयाँ जनवादी राज्यसत्ता स्थापना गर्नू परम आवश्यकता बन्न गएको छ ।
यसका लागि हामी विचारधारात्मक रुपमा बलियो बन्न जरुरी छ । माक्र्सवादमा आधारित वैज्ञानिक सिद्धान्तले लेस हुन जरुरी छ । यसका साथै हामीले आफ्नै आयआर्जका बाटाहरु निर्माण गरी अगाडि बढ्नु पछ । दायाँबाँया गर्न नहुने अवस्था छ ।

विचारधारात्मक भन्नाले विचार बनाउने वैज्ञानिक चिन्तन पद्धतिको विषय हो । जीवन र जगतलाई हेर्ने बुझ्ने र बदल्ने विश्व दृष्टिकोण द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण र चिन्तन पद्धति भन्न खोजेको हो ।
आयआर्जन भन्नाले व्यक्तिगत र सामुदायिक आयआर्जन भन्न खोजिएको हो । आज पनि हाम्रो समाज कृषिमा निर्भर समाज हो । कृषि क्षेत्र आज अपमानित अपहेलित छ । किनभने, पढेका जानेका मानिस वा धन भएकाहरु यो क्षेत्रमा काम गरे भने उनीहरुलाई समाजले हेयको रुपमा हेला गर्छ त्यही मानिस विदेशियो र पैसा पठायो भने सम्मानित हुन्छ । त्यही काम यहाँ गर्दा छिछिर दुर्दर हुँने तर विदेशमा गएर अर्काको खटनपटन र शोषणमा परेर गरिने काम भने सम्मानित हुने विरोधाभाषपूर्ण र श्रमलाई अपमान गर्ने संस्कृति हाम्रो समाजमा छ । पदमा पुगेर पैसा नकमाउनेकोहरु पनि इज्जत छैन । जसरी पनि पैसा कमाउनेको इज्जत दिने समाजको सोंच बदल्न श्रममा आधारित न्यायमा आधारित र अनुसन्धानमा आधारित उत्पादन सम्बन्धको स्थापनाका लागि योजनाबद्ध अगाडि बढ्न आवश्यक छ । मानव जीवनका लागि नभइ नहुने क्षेत्रको रुपमा रहेका कृषि क्षेत्रको सामुदायिक, व्यवसायिक र औद्योगिक विकास विना नयाँ जनवादी क्रान्तिको उद्देश्य पुरा हुन सक्दैन ।
यसरी विचारधारात्मक रुपमा पनि स्वाधीन र आयआर्जनमा पनि स्वाधीन भएपछि मात्र हामीहरु क्रान्तिकारी बन्न सकिन्छ । यसरी बनेका क्रान्तिकारीहरुको सचेत दस्ताले मात्र जनवाद, समाजवाद र साम्यवादको दिशामा योगदान गर्न सक्दछ ।

अरु पार्टीहरु पनि होलान् । तर यस्तै खाले नहुन सक्छ । त्यही भएर त आजसम्म बापमन्थीको यति धेरै जनमत वा समर्थन हुँदाहुँदै पनि देश र जनताको हित हुन नसकेको । यो तथ्य सबै तिर छरिएर रहेका इमान्दार क्रान्तिकारीहरुले बुझ्न थालिरहेका छन् । जुन बुझाइ हिजोका दिनमा थिएनन् । आजको दिनमा भ्रममा रहेका परेका पारिएका इमान्दार क्रान्तिकारीहरु नेपाल कम्युनिष्ट पार्टीमा पुनर्गठित भइरहेका छन् ।
ज्ञद्द। के अरु पार्टीहरु कम्युनिष्ट पार्टी नै हैनन् त ?
कम्युनिष्ट पार्टी नै हैन भन्न त मिल्दैन । किनभने उनीहरुले पार्टीको नाम कम्युनिष्ट नै राखि रहेका छन् । कामले, चरित्रले, संस्कार र संस्कृतिले भने उनीहरु कम्युनिष्ट भएको पुष्टि गर्दैन । तुलनात्मक रुपका कम्युनिष्ट पार्टीहरु भने सत्ता बाहिर रहेका, संसदवादको विरोधीहरु र नयाँ जनवादी वैज्ञानिक समाजवादी साम्यवादी क्रान्तिका पक्षधरहरुलाई मान्न सकिन्छ ।

हजुर हो । नेपालको सन्दर्भमा यो ऐतिहासिक महत्व बोकेको मोर्चा हो । कार्यनीतिमा केही भिन्नता रहेका तर रणनीतिक उद्देश्य एउटै भएका कम्युनिष्ट पार्टीहरु वीचको मोर्चालाई तुलनात्मक कम्युनिष्ट भनेको हो ।

संयुक्त जनआन्दोलन वा संयुक्त मोर्चाको अवधारण वा कार्यनीतिको सुत्राधार कमरेड पुष्पलाल हुन । उनीले यो विचार राजतन्त्र भएको बेला राजतन्त्र विरोधी शक्तिहरुको संयुक्त संघर्ष सम्बन्धी विचार हो । जसले नेपाली जनतासंग प्रधान अन्तरविरोध रहेको राजतन्त्रको अन्त्य गर्न सकोर र नयाँ खाले पूँजीवादी व्यवस्थाको स्थापना गर्न सकोस ।
अन्तरपार्टीका हिसावले यो वर्गीय शोषण र सामाजिक उत्पीडनमा परेकाहरुको संयुक्त संघर्षले मात्र शोषण र विभेदको अन्त्य गर्ने नयाँ जनवादी व्यवस्थाको स्थापना गर्न सक्ने हुन्थ्यो । तर यहाँ त्यसो हुन सकेन । यसका केही कारणहरु माथि नै आइसकेको छ । जहाँसम्म पुष्पलाल विरोधीहरुसंगको मोर्चा निर्माणको सवाल छ, त्यो हिजोको सवाल हो । आजको सन्दर्भमा उहाँहरु सच्चिनु भएको घोषणा गर्नु भएको छ । इतिहासको भौतिक यथार्थमा सुधार्नु भएको छ । टुटेको र नपुग सन्दर्भहरुलाई जोड्ने कार्य गर्नु भएको छ । यसरी हामी पुष्पलालका अनुयायी भन्नेहरुले यस्ता भड्कावहरुलाई सुधार्न गरिने प्रयत्नमा सदा साथ रहनुपर्ने यथार्थलाई स्वीकान सक्ने हुनसक्नु पर्दछ । सबैका योगदानलाई कदर र सम्मान गर्नु पर्दछ । गल्ती र कमजोरी सच्याउनु पर्छ । तथ्यलाई स्वीकार्ने साहस गर्नु पर्छ । यो दिशामा हामी सबै भएकाले यो मोर्चा गठन हुन सक्यो । यसमा हामी सबैको योगदान रहेको छ र यसलाई नेपाली परिवर्तनकामी जनताले माया गरेका छन स्वीकारेका छन् । यसका संघर्षका कार्यक्रमहरु पनि चाँडै आउनेछ भन्ने लागेको छ ।