परम्परागत संसद भन्नाले देशघाती जनघाती अपराधी जसले पनि जस्तोसुकै दललाई पनि चुनावी होडमा भाग लिन दिने र परिणाममा त्यस्तैको बहुमत भएर त्यस्तो संसदले बनाउने नीति कार्यक्रम पनि देशघाती जनघाती गरीबमारा हुने खालको संसदलाई बुझाउंछ भने नयां वा क्रान्तिकारी संसद भन्नाले त्यस्ता देशघाती जनघाती गरीबमाराहरुलाई चुनावमा उठ्न उठाउन नदिने, गरीब जनताको विभिन्न संगठनहरुले समेत चुनावी कोटा पाउने, बहुमत प्रत्यक्ष भोट पाउनेलाई मात्र विजयी मानिने, गलत गर्नेलाई मतदाताले फीर्ता बोलाउन सक्ने, सांसदले दलका नेता आदिको ह्वीप लागेर आफ्नो विवेकले देखेको भन्दा फरक कुरामा भोट हाल्न पर्ने स्थिति नभएको र संसदमा गरीब वर्गको अत्यधिक बहुमत हुने सुनिश्चित भई देशमुखी, जनमुखी तथा गरीबमुखी नीति तथा कार्यक्रम संभव हुने संरचनालाई बुझ्दछौं! यस्तो संसदको निर्माण गरीब जनताको स्थानीय संयुक्त सत्ताले गर्ने सशक्त जनसंघर्षबाट सिर्जना हुने व्यापक केन्द्रस्तरको क्रान्तिकारी राजनीतिक उभार र विजय वीना संभव हुदैन।
क्रान्तिकारी आभिवादन सहित लाल सलाम!
परम्परागत संसद (parliament) मा राम्रा मान्छे पठाएर त्यहां राम्रो निर्णय गराएर देशमा ठूला प्रगति वा परिवर्तन ल्याउन सकिन्छ भन्ने सोंचलाई हामी संसदवाद भनेर बुझ्दछौं।यथास्थितिवादीहरु र सुधारवादीहरु संसदवादलाई नै देशको अर्थ-राजनीतिक व्यवस्थाको समाधान भन्ठान्छन् भने क्रान्तिकारी परिवर्तन चाहनेहरु संसदवादी बाटोले ठूला परिवर्तन ल्याउन सकिदैन भनेर बिरोध गर्दछन्। उनिहरु परम्परागत संसदबाट हैन, नयां किसिमको संसद निर्माण गरेर मात्रै क्रान्तिकारी परिवर्तन ल्याउन चाहन्छन्।